सेबोनका अध्यक्ष श्रेष्ठ लगानीकर्ताको घेरामा
काठमाडौं । नेपाल धितो पत्र बार्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई लगानीकर्ताहरुले घेरेका छन् । लगानीकर्ताहरुले पुँजी बजार सुधारका लागि विभिन्न माग राखेर बोर्ड घेराउ गरिरहेका छन् ।
लगानीकर्ताले बोर्डसमक्ष राखेका यस्ता छन् विभिन्न ११ बुँदे मागहरु :
१. आईपीओ र हकप्रद स्वीकृति दिने कार्य कार्ययोजना अनुसारको काम नभएसम्म र दोस्रो बजारमा माग सिर्जना नभएसम्मका लागि आजै रोक्ने,
२. संस्थापक सेयर साधारणमा परिवर्तन आजै रोक्ने,
३. एनआरएनलाई दोस्रो बजारमा प्रवेश गराउने कार्यविधि आजै लागू गर्ने,
४. सूचीकृत लगानी कम्पनीहरुलाई दोस्रो बजारमा लगानी गर्न आजै स्वीकृति दिने,
६. असोज मसान्तमा आउने मार्जिन कल र ब्याज भुक्तानीलाई ३० दिन पछि सार्ने,
७. ब्रोकरबाट मार्जिन कारोबारका लागि आजै स्वीकृति दिने,
८. बैंकबाट प्रवाह गरिने सेयर धितो कर्जाका लागि बैंकलाई प्राथमिक पूँजीको ४० प्रतिशत हैन, जम्मा कर्जा रकमको १० प्रतिशत सिमा कायम गर्ने,
९. कुनै पनि कम्पनीको सेयर मूल्य ५ प्रतिशत मात्र घट्न पाउने र बढ्दा १० प्रतिशत सम्म बढ्न पाउने गरी सर्किट ब्रेकर परिवर्तन गर्ने,
१०. लगानीकर्तालाई आश्वस्त पार्न सबै नियमनकारी निकायले तदारुकता देखाई पहल गर्ने ।
११. अनिवार्य रुपमा एओएन लागू गर्नुपर्ने ।
Shares