सुनको मूल्य आज ६ हजार ९ सय बढ्यो, छिट्टै तोलाको २ लाख काट्ने सुन व्यवसायीको अनुमान
प्रकाशित:
०८ वैशाख २०८२
काठमाडौं । आज मंगलबार सुनको भाउ ऐतिहासिक उचाइमा पुगेको छ । सोमबार प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ६९ सयले बढेर प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ६९ हजार ६ सय ६५ रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज कायम भएको सुनको भाउ हालसम्मकै उच्च हो ।
आज चाँदीको भाउ भने १० रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ७० रुपैयाँ कायम छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ६ सय ८९ रुपैयाँ तोकिएको छ । सुनको मूल्यले छिट्टै तालामै २ लाख भन्दा माथि जाने सुन व्यवसायीहरु बताउँछन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares