आजसम्म कायम सेयरधनीहरुले मात्र एशियन लाइफ इन्स्योरेन्सको लाभांश पाउने

अर्थकागज
प्रकाशित: १८ असार २०८२
Image description

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले भोली अर्थात असार २० गते शुक्रबार, एक दिनका लागि बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

इन्स्योरेन्सले असार ३० गते, सोमबार, होटल ईच्छा, सिमरा, बारामा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा दिउँसो १ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५।. प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, १ जना स्वतन्त्र सञ्चालक मनोनित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर