माछापुच्छ्रे बैंक र ग्रीन डेभलपमेन्ट बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

अर्थकागज
प्रकाशित: १६ मंसिर २०८२
Image description

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुईवटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार माछापुच्छ्रे बैंक र ग्रीन डेभलपमेन्ट बैंकको ४९ लाख ५८ हजार ३०८ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

माछापुच्छ्रे बैंकको ४ प्रतिशत अर्थात ४६ लाख ४८ हजार ५४३ कित्ता र ग्रीन डेभलपमेन्ट बैंकको ५.७५ प्रतिशत अर्थात ३ लाख ९ हजार ७६५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अब उक्त शेयर बुधबारदेखि दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर