सेयरधनीलाई लाभांश छैन, एनएमबि बैंकका सिइओ केसीले बोनस बापत ६३ लाख ३६ हजार बुझे, तलव भत्ता २ करोड ४८ लाखमाथि

अर्थकागज
प्रकाशित: २३ पुस २०८०
Image description

काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने निर्णय गर्यो, लाभांश नदिने भएपछि बैंकमा लगानी गर्ने संस्थापक सेयरधनी र सर्वसाधारण सेयरधनी निराश हुन पुगे । सेयरधनीलाई लाभांश नदिएको एनएमबि बैंकले कर्मचारीलाई भने राम्रो बोनस वितरण गरेको देखिन्छ ।

बैंकको ३८ औं वार्षिक प्रतिवेदन अनुसार बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुनिल केसीले बोनस बापत मात्र ६३ लाख ३६ हजार ३९० रुपैयाँ बुझेका छन् । केसी नेपाल बैंकर्स संघका अध्यक्ष समेत हुन् ।

बैंकले प्रकाशन गरेको प्रतिवेदनमा सिइओ केसीले आर्थिक वर्ष २०७९/८० मा कुल २ करोड ४८ लाख १८ हजार ५८९ रुपैयाँ तलव तथा पारिश्रमिक बापत बुझेको देखिन्छ । जसमा तलव ९० लाख रुपैयाँ, संचय कोष ९ लाख रुपैयाँ, भत्ता ८५ लाख, बोनस तथा वेल्फेयर ६३ लाख ३६ हजार ३९० रुपैयाँ र अन्य ८२ हजार १९९ रुपैयाँ रहेको छ ।

बैंकले गत आर्थिक वर्षमा कर्मचारीहरुलाई कुल ५२ करोड ६९ लाख ३७ हजार ८४६ रुपैयाँ बोनसमा खर्च गरेको छ । बैंकले गत आर्थिक वर्षमा बोनस रकम सहित २ अर्ब ९८ करोड ३ लाख ८६ हजार ५३३ रुपैयाँ कर्मचारीहरुमा खर्च गरेको छ ।

प्रतिक्रियाहरू

बद्री मास्के

2 years ago

यो त अति भयो ! शेयरधनीले खाई नखाई केहि होला भनेर गरेको लगानी आ-आफै झ्वाम पारेछन । मेरो पनि करोडौंको लगानी थियो ! यस्तालाई कारवाहीको दायरामा ल्याउनु पर्छ !

टिकाराम श्रेष्ठ

2 years ago

नेपालको चलन रहेछ,,,टाउको काटेर हातखुट्टा चल्ने,,,,देश विगारेकै यस्तै ब्वासा हरुले हो,,,

321aditya Pangeni

2 years ago

मारवाडीको वर्चस्व भएको कम्पनीमा यस्तै हो। धेरै आशा राख्नु हुँदैन ।

321aditya Pangeni

2 years ago

मारवाडीको वर्चस्व भएको कम्पनीमा यस्तै हो। धेरै आशा राख्नु हुँदैन ।

माेहन प्रसाद अर्याल

2 years ago

शेयरमा चलेकाे कम्पनिले शेयरधनिलाई बाेनस लाभांश दिनु पर्ने ठाऊंमा कंपनीमा काम गर्ने कर्मचारिहरूलाई बाेनस लाभांश वितरण गर्न पाईन्छ र?

सम्बन्धित खबर