प्रभु महालक्ष्मी इन्स्योरेन्सको नाफा ३७ करोड नाघ्यो, अन्य अवस्था कस्तो ?
काठमाडौं । प्रभु महालक्ष्मी इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको नाफामा बृद्धि देखिएको छ ।
यस अवधिमा कम्पनीले ३७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२६ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीले ५ अर्ब १७ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा २२.२२ प्रतिशतले बढि हो अघिल्लो आवमा कम्पनीले ४ अर्ब २३ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीको रिटेन्ड अर्निङ ५१ करोड ४१ लाख र सेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ २६ पैसा, प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ९२ पैसा र मल्य आम्दानी अनुपात (पीई रेसियो) ७१.९६ गुणा कायम भएको छ ।
Shares