आईएमई ग्रुपको भेन्चर हायर पर्चेजले आईपिओ निष्काशन गर्ने
प्रकाशित:
०४ भदौ २०८२
काठमाण्डौ । आईएमई ग्रुपद्धारा संचालित भेन्चर हायर पर्चेज लिमिटेडले सर्वसाधारणहरुका लागि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपिओ निष्काशनको प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ ।
कम्पनीको साउन २७ गते बसेको संचालक समिती बैठकले भदौ २७ गते शुक्रबारलाई साधारणसभा डाक्ने निर्णय गरेको थियो । कम्पनीको साधारणसभा कम्पनीको रजिस्टर्ड कार्यालय पानीपोखरी, काठमांडौमा दिनको ३ बजेदेखि सुरु हुनेछ ।
सभाले आईपिओ निष्काशनसहित गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरिएको लाभांश, प्रबन्धपत्र र नियमावली संसोधन, सेयर संरचना परिवर्तन र आईपिओ निष्काशन गर्ने लगाएका प्रस्तावहरु पारित गर्नेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares