स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड
प्रकाशित:
११ भदौ २०८२
काठमाडौं । स्वस्तिक लघुवित्तले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले आज बिहीबार बिहान सेयर बाँडफाँड गरेको हो।
नबिल इन्भेष्टमेन्टका अनुसार आईपीओमा कुल २४ लाख ४० हजार ४ सय ६० जनाको आवेदन परेको थियो। जस मध्ये २४ लाख ३६ हजार ३ सय ९३ जनाको आवेदन मात्र योग्य भएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ।
जसमा १९ हजार ५ सय १९ जनाले सेयर पाएका छन् । यी मध्ये ५ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् । आईपीओको नतिजा केही समयपछि प्रकाशन हुने छ। कम्पनीले साउन ३० गतेदेखि भदौ ३ गते सम्म आम सर्वसाधारणको लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १ लाख ९५ हजार १ सय ९५ कित्ता सेयर निष्काशन गरेको थियो।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares