नेप्से ४४.३० अंकले बढ्यो, सेयर बजारमा लगानीको माहोल बन्दै
प्रकाशित:
२४ भदौ २०८०
काठमाडौं । यो हप्ताको पहिलो दिनदेखि बढेको सेयर बजारले (आज) सोमबार पनि निरन्तरता दिएको छ । पहिलो दिन आइतबार १०. २३ अंकले बढेको बजार आज ४४.३० ले बढेको छ ।
२७८ वटा कम्पनीको ४७ लाख ४२ हजार ५११ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३ ९७ रुपैयाँको कारोबार भएको छ ।
सेयर बजारमा लगानीको माहोल बन्दै
हिजोआज सेयर बजारमा लगानीको माहोल बन्दै गएको देखिन थालेको छ । बैंक तथा वित्तीय संस्थाहरुले सेयर लोन दिन थालेका छन् । बैंकहरुले सेयर कर्जाको अफर समेत ल्याउन थालेका छन् । जसले गर्दा सेयर बजारमा लगानीको बातावरण बन्दै गएको लगानीकर्ताहरुले बताएका छन् । बजारमा ठुला लगानीकर्ताहरुले समेत प्रवेश हुन थालेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares