युनिक प्लास्टिक उद्योगले IPO निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त
काठमाडौं । युनिक प्लास्टिक उद्योग लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओको लागि कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । आज पौष ९ गते बुधवार नेपाल लाइफ क्यापिटल कमलपोखरी स्थित कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सम्झौता पत्रमा युनिक प्लास्टिक उद्योग लिमिटेडका तर्फबाट अध्यक्ष हरि बहादुर बस्नेत तथा नेपाल लाइफ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नं.८ स्थित औद्यौगिक क्षेत्रमा रहेको युनिक प्लास्टिक उद्योग लिमिटेडले सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशतका दरले प्रति शेयर अंकित मूल्य रु. १००।– मा ७,५०,००० कित्ता शेयर आइपिओ निष्काशन गर्ने तयारी गरेको छ ।
नेपालको बढ्दो पूर्वाधार तथा खानेपानी आवश्यकतालाई मध्यनजर गर्दै विगत ५ बर्ष देखि युनिक प्लास्टिक उद्योग लिमिटेडले स्वदेशमै उच्च गुण्स्तरीय आधुनिक प्रविधिको प्रयोग मार्फत नेपाल गुणस्तर (NS40:2079) द्धारा मान्यता प्राप्त १६ एमएम देखि १६० एमएमसम्मका विभिन्न साइज तथा 3 PN देखि 20 PN सम्मका दबाब क्षमतायुक्त १०० भन्दा बढि प्रकारका PE-100 पाइप उत्पादन गर्दै आईरहेको छ । यी पाइपहरु खानेपानी आपूर्ती, सिँचाइ, पहाडी क्षेत्रका पानी लाइन, ढल तथा ग्यास लाइन, दुरसञ्चार, विद्युत तथा अन्य भूमिगत संरचनामा व्यापक रुपमा प्रयोग हुँदै आएका छन् । यसको उद्देश्य उच्च गुणस्तरका, दिगो, सुरक्षित र प्रविधिमैत्री उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउनुका साथै स्वदेशमै भरपर्दो र गुणस्तरीय पाइप उत्पादन गरी देशको पूर्वाधार विकासमा योगदान पुर्याउने रहेको छ । कम्पनीको निकट भविष्यमा कपिलबस्तु जिल्लाको चन्द्रौटामा रहेको आफ्नै जग्गामा शाखा बिस्तार गरि प्लास्टिक जन्य सामाग्रीको उत्पादन गर्ने लक्ष्य रहेको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेड धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूती, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापक, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर रजिष्ट्रेशन र निष्काशन तथा बिक्री प्रबन्ध गर्ने अनुमती प्राप्त मर्चेन्ट बैंकिङ्ग संस्था हो ।
प्रतिक्रियाहरू
Krishna Ram Sulu
3 months ago
Issue date kahile dekhi kahile samma.
Shares