विद्युत नियमन आयोगलले दियो रिडी पावरलाई ५०% हकप्रद सेयर जारी गर्ने स्वीकृति
काठमाडौं । विद्युत नियमन आयोगले पावर कम्पनी लिमिटेडलाई ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ५४ करोड ८९ लाख रुपैयाँ बराबरको १ करोड ५४ लाख ८९ हजार १२ कित्ता सेयरको ५० प्रतिशतले हुन आउने अंकित मुल्य १०० रुपैयाँ दरका ७७ लाख ४४ हजार ५०६ कित्ता सेयर निष्काशन गर्नेछ ।
अब कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृति भएपश्चात लगानीकर्ताहरुलाई निष्काशन गर्नेछ ।
रिडी पावर कम्पनीको व्यवस्थापनबाट सहायक कम्पनी साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलिविद्युत आयोजना निर्माणको लागि पूँजी व्यवस्थापन गर्न हकप्रद सेयर जारी गर्न लागेको कम्पनीका कार्यकारी निर्देशक कुबेरमणि नेपालले बताए ।
असार ८ गते बसेको बिशेष साधारण सभाले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।
Shares