कुमारी बैंकले घटायो ब्याजदर !

अर्थकागज
प्रकाशित: २५ पुस २०८०
Image description

काठमाडौं । कुमारी बैंकले ब्याजदर घटाएको छ । बैंकले बिहीबार सूचना जारी गर्दै माघ महिनाको लागि ब्याजदर घटाएको हो ।

बैंकको सूचना अनुसार मुद्दति निक्षेपमा अधिकतम ८.११% ब्याजदर दिने जनाएको छ । बैंकले १ वर्षभन्दा बढी अवधिको लागि उक्त ब्याजदर निर्धारण गरेको हो । पुस महिनामा बैंकले अधिकतम ९.३१% ब्याजदर दिएको छ ।

अब माघमा भने मुद्दति निक्षेपमा अधिकतम ८.११% र न्यूजतम ६.५०% मात्र ब्याज दिने भएको छ ।

अब यसले माघ महिनाका लागि भने ३ देखि ६ महिना अवधिको मुद्दति निक्षेपको ब्याजदर ६.५०% निर्धारण गरेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर