एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत नगद लाभांश दिने, भदौ २६ गते बार्षिक साधारणसभा गर्ने

अर्थकागज
प्रकाशित: २६ साउन २०८३
Image description

काठमाडौं । एन आई सी एशिया क्यापिटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ५० प्रतिशत नगद लाभांश दिने भएको छ ।  मंगलबार बसेको संचालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो । बैठकले क्यापिटलको दशौं वार्षिक साधारण सभा भाद्र २६ गते (तदनुसार सेप्टेम्बर ११, २०२६) शुक्रबारका दिन एन आई सी एशिया क्यापिटल लिमिटेडको, रजिष्टर्ड कार्यालय, थापाथली, काठमाण्डौमा बिहान ९ बजे गर्ने निर्णय समेत गेको छ ।

बार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/०८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने तथा संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरि पारित  गर्नेछ । 

साथै क्यापिटलले आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोग मार्फत ग्राहकहरु माँझ पुर्याउन “अव लाईनमा होइन, क्यापिटलको सेवा Online मा” भन्ने मुल नाराका साथ अगाडी बढेको यस क्यापिटलले आर्थिक वर्ष २०८२/०८३ को अन्त्य सम्ममा क्यापिटलबाट प्रदान गरिने अधिकांश सेवाहरु Online मार्फत उपलब्ध गराउने व्यवस्था मिलाउन समेत सफल भएको छ । 


प्रतिक्रियाहरू

सम्बन्धित खबर