'टेक एण्ड पे' कसका दिमागमा आएछ मलाई पनि अचम्म लागेको छ, मन्त्रालयको प्रस्ताव पनि होइन : दिपक खड्का-ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री
काठमाडौं । बजेटमा 'टेक एण्ड पे' को व्यवस्था उल्लेख गरेपछि यतिबेला जलविद्युत कम्पनीका प्रबर्धकहरु आन्दोलनको तयारी गरिरहेका छन् । यसै बीचमा ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले पनि टेक एण्ड पे को व्यवस्थाको विरोध गरेका छन् । अपि पावर लिमिटेडको सहायक कम्पनी दार्चुला पावर लिमिटेडले निर्माण गर्ने २८.३ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत अयोजनाको वित्तीय व्यवस्थापन सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले भने-' बजारको चिन्ता छैन, उत्पादन गर्ने स्रोत छ भनेपछि टेक एण्ड पे कसका दिमागमा आएछ मलाई पनि अचम्म लागेको छ, किन गर्नु परेको छ ?मन्त्रालयएको प्रस्ताव पनि होइन ।'
मन्त्रीले खड्काले अर्थमन्त्रीसँग कुरा भइसकेको र प्रधानमन्त्रीसँग पनि छलफल गर्ने बताएका छन् । मन्त्री खड्काले आयोजनामा वित्तीय व्यवस्थापनको चिन्ता नलिन र विद्युत प्राधिकरणले विद्युत खरिद गर्दैन कि भन्ने चिन्ता नलिन आग्रह गरे । उनले उर्जा प्रबर्दकलाई नआत्ति काम गर्न आग्रह गरे। सरकारले आगामी १० वर्षमा २८ हजार ५ सय मेगावाट विजुली उत्पादन गरिसक्ने लक्ष्य लिएकोले नकिन्ने र विजुली बिक्री नहुने अवस्था नरहेको उनको भनाई थियो।
Shares