सेयर धितो कर्जाको सिमा १२ करोड हट्ने, २० करोड पुग्ने

अर्थकागज
प्रकाशित: ०७ असोज २०८०
Image description

काठमाडौं । सेयर बजारमा कायम रहेको १२ करोडको सेयर धितो कर्जाको सीमा बढेर २० करोड पुग्ने भएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालबीच सोमबार भएको भेटमा सेयर धितो कर्जा बढने विषयमा छलफल भएको हो ।
भेटवार्तामा पुँजी बजारको दिगो बिकास, प्राइभेट इक्विटि र भेन्चर क्यापिटलको बिकास बारे छलफल भएको हो ।
राष्ट्र बैंक केन्द्रिय कार्यालय बालुवाटारमा सोमबार उनीहरू बिच भेट भएको हो । सेयर धितो कर्जाको सीमा भने राष्ट्र बैंकले निर्देशिकामार्फत प्रस्ट पार्नेछ ।

प्रतिक्रियाहरू

Shivram adhikari Adhikari shivram

2 years ago

धन्यवाद सबै लगानी कर्ता लाई र धितो पत्र बोर्डको अध्यक्ष लाइ पनी

Shivram adhikari Adhikari shivram

2 years ago

धन्यवाद सबै लगानी कर्ता लाई र धितो पत्र बोर्डको अध्यक्ष लाइ पनी

Suresh shakya

2 years ago

Difficult to believe them

सम्बन्धित खबर