दुई जनालाई जन्म कैदको सजाय

अर्थकागज
प्रकाशित: ०७ असोज २०८०
Image description

उदयपुर । उदयपुरको बेलका नगरपालिका ३ का दुई जनालाई उदयपुर जिल्ला अदालतले ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा आजिवन कारावासको सजाय र २ लाख क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

बेलका नगरपालिका ३ का १९ वर्षिय विनोद ढकाल र अर्का एक नावालगले बेलका ३ कै कृष्ण बहादुर सुनुवारको छोरी कविता सुनुवारको हत्या गरेको आरोपमा जन्म कैदको फैसला गरेको हो ।

उदयपुर जिल्ला अदालतका सूचना अधिकारी बुद्धराज निरौलाले दिएको जानकारी अनुसार २०७८ साल चैत्र २२ गते विनोद ढकाल लगायत दुई जना मिलेर विहान ट्युसन पढन गएको समयमा १० कक्षामा अध्ययनरत कविता सुनुवारलाई हत्या गरेका थिए ।

सूचना अधिकारी निरौलाका अनुसार मृतक कविता सुनुवारका पिता कृष्ण बहादुर सुनुवारले हत्या भएकै दिन इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा दिएका थिए । प्रहरीको छानविनले विनोद ढकाल र कवितासँगै पढने साथी (परिवर्तित नाम १४– ४– २१ क) मिलेर उनको हत्या गरेका थिए ।

ट्युसन पढ्न गएको समयमा बाटोमा विनोदले लुकाएर राखेको वियरको बोतलले कविताको टाउकोमा हिर्काएर हत्या गरेकोमा उदयपुर जिल्ला अदालतको २०८० भदौ २६ गतेको फैसलाले विनोद ढकाललाई जन्मकैदको फैसला सहित २ लाख क्षतिपूर्ति भराउने र अर्को नावालग साथीलाई पनि जन्म कैदको फैसला सहित २ लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो । नावालगको हकमा भने जन्म कैदको दुई तिहाई १६ वर्ष ८ महिना कैद सजाय तोकिएको र सजाय भुक्तानकालागि बाल सुधार गृहमा पठाइएको सूचना अधिकारी बुद्धराज निरौलाले बताए ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर