सांग्रिला डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, १०.५२६३ प्रतिशत लाभांश पारित

अर्थकागज
प्रकाशित: २१ असोज २०८३
Image description

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । असोज २२ गते विहीबारका दिन, एलिस रिसेप्सन गैरीधारा, काठमाडौँमा सम्पन्न भएको साधारण सभाले कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमा यस डेभलपमेन्ट बैंकको हाल कायम जारी तथा चुक्ता पूँजी रु.३,७३,४०,६८,५०५.५३ -तीन अर्ब त्रीहत्तर करोड चालीस लाख अठ्सठ्ठी हजार पाँच सय पाँच रुपैयाँ त्रीपन्न पैसा) को ६.५२६३ प्रतिशत अर्थात रु.२४,३६,९७,१०२.४७ -चौबीस करोड छत्तीस लाख सन्तानब्बे हजार एक सय दुई रूपैयाँ सतचालीस पैसा) बराबरको नगद लाभांश -कर सहित) र हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत अर्थात रु. १४,९३,६२,७४०.२२ -चौध करोड त्रीयानब्बे लाख बैसठ्ठी हजार सात सय चालीस रुपैयाँ बाइस पैसा) बराबरको बोनस शेयर रहेको छ । यो प्रस्ताव पारित भए सँगै अब यस सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३,८८,३४,३१,२४५.७५ -तीन अर्ब अठासी करोड चौंतीस लाख एकतीस हजार दुई सय पैतालीस रुपैयाँ पचहत्तर पैसा) पुग्ने भएको छ ।

साधारण सभाले आगामी ४ वर्षका लागि ६ सदस्यीय नयाँ सञ्चालक समिति समेत निर्विरोध चयन गरेको छ । जसमा संस्थापक शेयरधनीका तर्फबाट  उज्ज्वल सत्याल,  सुशीलकाजी बानियाँ र  श्याम कुमार शर्मा तथा सर्वसाधारण शेयरधनीका तर्फबाट  विष्णु प्रसाद ढकाल,  कृष्ण प्रसाद रेग्मी र  भावना अग्रवाल रहनु भएको छ । यसैबीच, आजै बसेको नव निर्वाचित सञ्चालक समिति सदस्यहरूको बैठकले उज्ज्वल सत्याललाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।

साधारण सभाले आ.व.०८२/८३ को वित्तीय विवरण सहित लेखा परीक्षक नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्ति लगायतका प्रस्ताव समेत पारित गरेको छ ।

आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्दछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर