सिद्धार्थ बैंकमा सञ्चालकहरूको खर्च १ करोड २६ लाख रुपैयाँ भन्दा बढी

अर्थकागज
प्रकाशित: २६ असोज २०८३
Image description

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालकहरूलाई भत्ता र विभिन्न सविधामा कुल १ करोड २६ लाख ८६ हजार ९४५ रुपैयाँ भुक्तानी गरेको छ । संस्थाको वित्तीय विवरण अनुसार सञ्चालक समितिका विभिन्न बैठक भत्ता, भ्रमण खर्च, क्षमता अभिवृद्धि लगायतका शीर्षकहरूमा उक्त रकम खर्च भएको देखिएको हो। वित्तीय विवरण अनुसार, सञ्चालक समितिको बैठक भत्ता बापत मात्रै १८ लाख ६३ हजार रुपैयाँ भुक्तानी गरिएको छ।   

यस्तै सञ्चालक समितिको अन्य खर्च अन्तर्गत

होटल तथा दैनिक भ्रमण भत्ताः २६ लाख ६४ हजार २०२ रुपैयाँ सञ्चालक समिति दक्षता अभिवृद्धि खर्चः ५४ लाख ५७ हजार १०३ रुपैयाँ पत्रपत्रिका तथा सञ्चार खर्चः १० लाख ८० हजार रुपैयाँ सञ्चालक स्तरीय समिति बैठक भत्ताः १० लाख ६ हजार रुपैयाँ

अन्य खर्चः ६ लाख १५ हजार ८४० रुपैयाँ सञ्चालक समितिको अन्य खर्चको कुल योग ९० लाख २३ हजार ९४५ रुपैयाँ रहेको छ। यसरी बैठक भत्ता र अन्य सबै खर्चहरू जोड्दा कुल खर्च १ करोड २६ लाख ८६ हजार ९४५ रुपैयाँ पुगेको हो । सञ्चालकहरूको क्षमता अभिवृद्धि र भ्रमण भत्ताका नाममा ठूलो रकम खर्च भएको बार्षिक प्रतिवेदनले देखाउँछ । 


प्रतिक्रियाहरू

सम्बन्धित खबर