गल्छीमा बीमा रकम हस्तान्तरण : लघुवित्तले संकटमा साथ दिने उदाहरण

अर्थकागज
प्रकाशित: १० वैशाख २०८३
Image description

धादिङ । धादिङको गल्छी गाउँपालिका–६ निवासी सानी कान्छी तामाङलाई श्रीमान् स्व. भाइबहादुर तामाङको निधन पश्चात बीमा वापतको रकम हस्तान्तरण गरिएको छ।

आज २०८३ साल वैशाख ११ गते हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय गल्छीमार्फत केन्द्र नं. ४० अन्तर्गत उहाँलाई रु. ९७,५०० (पन्चानब्बे हजार पाँच सय) प्रदान गरिएको हो।

उक्त रकम शाखा प्रबन्धक दीपक दाहालले शाखाका सम्पूर्ण कर्मचारीहरूको उपस्थितिमा चेकमार्फत हस्तान्तरण गर्नुभएको थियो।

उक्त संस्था हिमालयन बैंक लिमिटेड को सहायक कम्पनी समेत हो।

यस किसिमको बीमा सुविधाले सदस्यहरूको जीवनमा आइपर्ने आकस्मिक जोखिमको समयमा आर्थिक सहारा प्रदान गर्ने मात्र नभई, परिवारलाई कठिन परिस्थितिमा समेत उभिन हौसला दिने काम गरेको छ। लघुवित्त संस्थाहरू केवल ऋण प्रवाह गर्ने निकाय मात्र नभई सामाजिक सुरक्षा र समुदायमा विश्वासको आधार निर्माण गर्ने महत्वपूर्ण माध्यमका रूपमा स्थापित भइरहेका छन्।

प्रतिक्रियाहरू

FZdSTKqbeOamkbTIBNylDi

4 days ago

hAYCXMuVFDJKODwQXFU

सम्बन्धित खबर