बीमा प्राधिरणको निर्देशकमा तिमिल्सिना सहित ४ जना सिफारिस
प्रकाशित:
०२ फागुन २०८१
काठमाडौं । नेपाल बीमा प्राधिरणको निर्देशकमा नियुक्तिका लागि ४ जनाको नाम सिफारिस गरिएको छ। बढुवा हुनेमा उपनिर्देशक ध्रुव तिमिल्सिना, कुन्दन सापकोट, शाम्भराज लामिछाने र निर्मल अधिकारी छन्। समितिको आज फागुन २ गते बसेको निर्णयअनुसार उनीहरुलाई निर्देशक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ ।
कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता र तालिमबापत प्राप्त गरेको कुल अंकका आधार सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारलाई निर्देशक पदमा नियुक्तिका लागि पदपूर्ति सिफारिस समितिले ४ जना सिफारिस गरेको हो। बीमा समिति कर्मचारी सेवा सर्त विनियमावली, २०६८ को विनियम ७० बमोजिम बढुवा नियुक्तिका लागि सिफारिस गरिएको समितिले जनाएको छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares