अपि पावरको खुद नाफामा ३६.७५ प्रतिशतको छलाङ्ग, प्रति शेयर आम्दानी १४.०३ रुपैयाँ

अर्थकागज
प्रकाशित: २८ माघ २०८२
Image description

काठमाडौं । अपि पावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । सो विवरण अनुसार कम्पनीको अधिकांश वित्तीय सूचकमा लोभलाग्दो रहेको छ ।

यस अवधिमा कम्पनीको खुद नाफा ३६.७५ प्रतिशतले बढेर ४२ करोड ६२ लाख पुगेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३१ करोड १६ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ११.७९ प्रतिशतले बढेर ९५ करोड ९२ लाख पुगेको छ । यस अवधिमा कम्पनीको ब्याज खर्च ३३ करोड ९३ लाखबाट घटेर २१ करोड ६१ लाख कायम भएको छ। कम्पनीको प्रशासनिक खर्च २ करोड ५३ लाखबाट घटेर १ करोड ५४ लाखमा सिमित भएको छ। विद्युत बिक्रीको आम्दानी बढेको, ब्याज खर्च घटेको, प्रशासनिक खर्च घटेको लगायतका कारण कम्पनीको खुद नाफा बढेको देखिन्छ ।यस अवधिमा कम्पनीको वार्षिकीकरण गरिएको प्रति शेयर आम्दानी १४.०३ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ ११७.५८ रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको चुक्ता पुँजी ६ अर्ब ७ करोड रुपैयाँ रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर