सूर्योदय वोमी लघुवित्त मर्जरमा जाने

अर्थकागज
प्रकाशित: ३१ साउन २०८१
Image description

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने भएको छ । आज सम्पन्न १२ औं वार्षिक साधारणसभाबाट भविष्यमा अन्य लघुवित्त संस्थासँग मर्जर तथा प्राप्ती गर्ने प्रयोजनार्थ अन्य उपयुक्त लघुवित्त वित्तीय संस् थाहरुसँग मर्जर /प्राप्ती सम्बन्धी सम्झौ तापत्र तर्जुमा गर्ने , डिडिए गर्ने रमर्जर/प्राप्ती सम्बन्धी आवश्यक अन्य सम्पूर्ण प्रक्रिया पुरा गर्न/गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेण्डा पारित भएको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्नु हुने आ.व. २०७९।०८० को वार्षिक प्रतिवे दन उपर छलफल, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, २०७९ श्रावण १ गतेदेखि २०८० आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु उपर छलफल गर्नुको साथै कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.ब. २०८०/८१ को लागि ले खापरीक्षण समितिको सिफारिसमाले खापरीक्षण गर्नले खापरीक्षकको नियुक्ति गर्ने र निजको पारि श्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसै गरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम थप सार्वजनिक सेयर निश्कासन (एफपिओ) मार्फत थप भएको शेयरसहित कायम चुक्ता पूँजी रु ९१,५४,५५,४६३। (एकानब्बे करोड चौ वन्नलाख पचपन्न हजार चार सय त्रिसट्ठी रुपैया) को १४.००५१४३ प्रतिशतले हुने रकम रु १२,८२,१०,८५३।७२ (अक्षरेपी बाह्र करो ड बयासी लाख दश हजार आठ सय त्रिपन्न दशमलव सात दुई रुपैया मात्र) बोनस शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने तथा बोनस शेयरप्राप्त गर्न शेयर धनीहरुले लाभांश कर वापत नियमानुसार कोरकम भुक्तानी गर्ने, थप सार्वजनिक शेयर निष्काशन (एफपिओ) भएको शेयरलाई चुक्ता पूँजीमा बृद्धि गर्ने एवं बो नस शेयर लाई अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजीमा बृद्धि गरी संस्थाको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव स्वीकृत गर्ने, बोनश शेयर जारी गर्दा दशमलव पछिको शेयर (Fraction Share) अंकलाई पछि समायोजन गर्ने गरी यथावत कायम गर्ने लगायतको प्रस्ताव पारित गरेको छ ।


प्रतिक्रियाहरू

govindap5@gmail.com

1 year ago

राम्रो छ

सम्बन्धित खबर