गोर्खाज फाइनान्सको ७ ठूला सेयरधनीमा अग्रवालदेखि तामाङ(बन्जन), कसको सेयर स्वामित्व कति ?

अर्थकागज
प्रकाशित: १४ माघ २०८१
Image description

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको ०.५ प्रतिशत वा सो भन्दा धेरै सेयर स्वामित्व हुने ठूला सेयरधनीमा ७ जना रहेका छन् । सवै भन्दा डम्बर बहादुर तामाङ (बम्जन) को ३.२६ प्रतिशत अर्थात २ करोड ८३ लाख २६ हजार ३ रुपैयाँको सेयर रहेको छ ।

त्यसै गरी केशरी चन्द कुचैरियाको २.१४ प्रतिशत, तेज बहादुर तामाङको १.६२ प्रतिशत, निर्मल गरुङको १.४३ प्रतिशत सेयर स्वामित्व रहेको छ । ज्योति अग्रवालको १.४३ प्रतिशत, राजेश बान्तवा राईको ०.६३ प्रतिशत, श्री प्रसाद राईको ०.६१ प्रतिशत र मन कुमार गरुङको ०.५१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

०.५ प्रतिशत भन्दा धेरै सेयरधनीहरु


फाइनान्सको बार्षिक साधारणसभा स्थगित

फाइनान्सले गत पौष २९ गते सोमबार बोलाएको तीसौं बार्षिक साधारणसभा स्थगित भएको छ । संचालक समितिले बार्षिक साधारणसभाको कोरम पुर्याउन नसकेपछि स्थगित भएको हो । पछिल्लो समय यस फाइनान्स कम्पनीमा संचालकहरुबीचको आन्तरिक लडाई दिन प्रतिदिन मौलाउँदै गएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर