प्रभु महालक्ष्मी लाइफको साधारण सभाबाट हकप्रद सेयर र लाभांश पारित

अर्थकागज
प्रकाशित: २२ असोज २०८१
Image description

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारण सभा आज आम्रपाली ब्याङक्वेटमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाले हकप्रस्ताव सेयर निश्कासन र लाभांश पारित गरेका छ ।

सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरेको छ । त्यसै गरी सभाले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७९/८० का लागि १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयर वितरणपछि चुक्तापुँजी वृद्धि भएता पनि नियमकारी निकाय नेपाल बीमा प्राधिकरण निर्देशन बमोजिमको तोकिएको न्यूनतम चुक्तापुँजीका लागि अपुग हुने चुक्तापुँजी पुर्याउन ७ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ । var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

सम्बन्धित खबर