नेशनल लाईफले गर्यो कर्णालीका अभिकर्ताहरुलाई सीईओ क्लब सदस्यबाट सम्मान

अर्थकागज
प्रकाशित: १८ मंसिर २०८१
Image description

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कर्णाली प्रदेशबाट सिइओ क्लब सदस्यता प्राप्त गर्न सफल ७५ जना भन्दा बढी अभिकर्ताहरुलाई सम्मान गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश खत्रीको सभापतित्वमा सम्पन्न भएको सम्मान कार्यक्रममा विभागिय प्रमुख तथा कर्णाली प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । प्रमुख कार्यकारी अधिकृत खत्रीले पानसमा दिप प्रज्वलन गर्नुहुँदै शुभारम्भ गरिएको सो सम्मान कार्यक्रममा अभिकर्ताहरुलाई सिइओ क्लब सदस्यता वितरण गरिनुका साथै प्रदेश बाट आफ्नो कोडमा र संजलमा प्रथम, द्वित्तीय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।

सो अवसरमा सीईओ खत्रीले यस प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए ।  अन्य प्रदेशको तूलनामा बीमा व्यवसायमा कर्णाली प्रदेश केही पछाडी रहेपनि संभावना भने निक्कै नै रहेको हुँदा यस क्षेत्रमा कार्यरत अभिकर्ताहरुले व्यवसायिक रणनिती बनाई अघि बढ्नुपर्ने सुझाव व्यक्त गरे ।

सीईओ खत्रीले सीईओ क्लब र नेशनल रत्न अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरीय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै जाने कम्पनीको योजना अनुरुप मधेश प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा सम्पन्न गरिसकेको र सोही क्रममा कर्णाली प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिएको बताउनु हुँदै अव सुदुरपश्चिम प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिने योजना रहेको जानकारी गराए ।

अभिकर्ताहरु माझ लोकप्रिय रहेको कार्यक्रम चेयरपर्सन क्लब सदस्यता वितरणकै अनुशरण गरी सिइओ क्लब सदस्यता वितरण कार्यक्रमको धारणा ल्याइएको र यसबाट स–साना व्यवसाय गर्ने अभिकर्ताहरुलाई समेत समेटी आगामी दिनमा चेयरपर्सन क्लबमा पुराउने उदेश्य रहेको बताए । कार्यक्रममा नेपालभर बाट २००० जना भन्दा बढि अभिकर्ताहरु छनौट हुनुले यो योजना अन्यन्तै सफल भएको बताए ।

समारोहमा सिइओ क्लव सदस्य र नेशनल रत्नबाट सम्मानित हुन सफल बिजनेश लिडरहरुले सीईओ खत्रीबाट आफ्नै प्रदेशमा सम्मान ग्रहण गर्न पाउँदा आफूहरुको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए ।  

प्रतिक्रियाहरू

सम्बन्धित खबर