सिटिजन लाइफ इन्स्योरेन्सले बिमा शुल्क आम्दानी २२ प्रतिशतले बढायो

अर्थकागज
प्रकाशित: ३० साउन २०८२
Image description

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको नाफामा नाफामा गिरावट देखिएको छ ।

यस अवधिमा कम्पनीले ४२ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.१६ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।यस अवधिमा कम्पनीले ७ अर्ब १३ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा २२ प्रतिशतले बढि हो अघिल्लो आवमा कम्पनीले ५ अर्ब ८४ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको थियो ।

५ अर्ब रुपैयाँ चुक्ता पुँजि रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा २१ करोड रुपैयाँ संचिती छ । समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी घटेर ८ रुपैयाँ ५० पैसा पुगेको छ। 

प्रतिक्रियाहरू

सम्बन्धित खबर