सिटिजन लाइफको लाभांश घोषणा, नगद र बोनस सेयर कति ?
प्रकाशित:
२३ वैशाख २०८१
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले शेयर प्रिमियम रकमबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको वैशाख २३ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २६.९८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश गरी कुल २८.४ प्रतिशत अन्तरिम लाभांश वितरण गर्ने घोषणा गरेको हो।
बैशाख २३ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी विशेष साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
इन्स्योरेन्सले चुक्ता पूँजी बृद्धि गर्नका लागि सो लाभांश वितरण गर्न लागेको बताएको छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares