नेको इन्सुरेन्सद्वारा २०८३ सालको डिजिटल क्यालेण्डर सार्वजनिक
काठमाडौं । देशको निर्जीवन बीमा बजारमा विगत ३० बर्ष देखि सेवा पुर्याउँदै आएको नेको इन्सुरेन्सले वि.सं.२०८३ सालको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ । नेपाल पंचाङ्ग निर्णायक समितिबाट स्वीकृत प्राप्त उक्त क्यालेण्डरबाट आगामी नयाँबर्ष २०८३ सालको विदा, पर्व, मुहर्तू लगायतका महत्पूर्ण जानकारी प्राप्त गर्न सकिनेछ । उक्त डिजिटल क्यालेन्डर सहज रुपमा प्राप्त गर्नका लागि कम्पनीले क्यूआर कोड समेतसार्वजनिक गरेको छ । सो क्यूआर कोड स्क्यान गरी २०८३ को क्यालेन्डर हेर्न तथा डाउनलोड गर्न सकिनेछ । उक्त क्युआर कोड कम्पनीको सामाजिक संजालहरु तथा वेभसाईट मार्फत सार्वजनिक गरिएको छ । नयाँ बर्ष २०८३ को सुखद उपलक्षमा सम्पूर्ण नेपाली दाजुभाई दिदीहिनीहरुमा कम्पनीले हार्दिक शुभकामना ब्यक्त गरेको छ ।
देशको निर्जीवन बीमा बजारमा विगत ३० बर्ष देखि सेवा पुर्याउँदै आएको नेको इन्सुरेन्स लिमिटेडले ग्राहकको सेवामा समर्पित हुँदै नयाँ नयाँ बीमा योजना, ठाउँको ठाउँ दावी भुक्तानी जस्तासेवाहरु बीमित समक्ष ल्याएको छ । कम्पनीले विभिन्न समूदाय, विद्यालय तथा कलेजहरुमा बीमासचेतना कार्यक्रम, अभिकर्ता तालिम आदि कार्यक्रमहरु संचालन गर्दै आमजनमानसमा बीमा सम्बन्धमा सुसूचित गर्दै आएको छ ।
प्रतिक्रियाहरू
Pushpa singh
3 weeks ago
Ok
Shares