३२ प्रतिशतले बढ्यो कामना सेवा विकास बैंकको खुद मुनाफा, अन्य अवस्था कस्तो ?
प्रकाशित:
०३ माघ २०८०
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
यस अवधिमा बैंकले २५ करोड ८९ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १९ करोड ५८ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने ६.२४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २५.६६ प्रतिशत बढेको छ । त्यसैगरी, सञ्चालन मुनाफा ३२.२४ प्रतिशतले बढेको छ ।
बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ७८ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ६१ पैसा रहेको छ । पछिल्लो ६ महिनामा बैंकको निक्षेप तथा सापटी ५.२८ प्रतिशतले बढेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares