एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम (ELIS) को इकाई नियमित खरिद/पुर्नखरिदको लागि खुल्ला

अर्थकागज
प्रकाशित: १५ मंसिर २०८२
Image description

काठमाडौं । एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम ((ELIS) को इकाई खरिद/पुर्नरखरिदको लागि आज अर्थात मंसिर १५ गतेदेखि खुल्ला भएको छ ।

एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रही संचालित “एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम” दोश्रो खुलामुखी योजना हो । एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किममा (ELIS) हाल नेपालमा संचालित खुलामुखी म्युचुअल फण्डहरु मध्ये पहिलो पटक MINI SIP (NPR.500/-) तथा STP (Systematic Transfer Plan) जस्ता विशेषतहरु समावेश गरिएका छन् । उक्त योजनाको संकलित रकम मध्ये अधिकांश रकम धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरु मध्ये भविष्यमा राम्रो प्रतिफल दिन सक्ने कम्पनीहरु छनौट गरी लगानी गरिनेछ । यस क्यापिटलबाट संचालित दोश्रो खुलामुखी योजना एन आई सी एशिया इक्वीटी लिङ्कड इनभेष्टमेण्ट स्किम “Equity Oriented” फण्ड हो ।

एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम (NIC ASIA Equity Linked Investment Scheme-ELIS) को पहिलो चरणमा रु.१०/– अंकित दरका ५,००,००,००० (पाँच करोड) इकाइ मिति २०८२/०४/२९ गतेदेखि मिति २०८२/०५/१२ गतेसम्म सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा उक्त निष्काशनको समयमा जम्मा ८२,७३७ जना आवेदकहरुबाट जम्मा ७,४०,१७,००० इकाई बराबरको इकाई खरिदको लागि रितपुर्वक आवेदन प्राप्त भएको थियो । जुन पहिलो चरणमा माग गरिएको इकाई भन्दा १.४८ गुणा बढी रहेको थियो । उक्त निष्काशनको समयमा रितपुर्वक इकाई खरिद आवेदन गर्ने आवेदकहरुलाई मिति २०८२/०५/१६ गते इकाईको बाँडफाँड गरिएको थियो ।

एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम (ELIS) को नेपाल धितोपत्र बोर्डबाट स्वीकृत विवरण–पत्र अनुसार “पहिलोचरणको इकाईको निष्कासन तथा बाँडफाँड सम्पन्न भएको मितिले तीन महिना भित्र उक्त योजनाको इकाई खरिद बिक्री गर्न मिल्ने गरी निरन्तर निष्कासन तथा बिक्रीको लागि खुल्ला हुनेछ” भन्ने व्यवस्था भए अनुरुप एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम (ELIS) को इकाई खरिद/पुर्नरखरिदको लागि आज अर्थात मंसिर १५ गतेदेखि खुल्ला गरिएको हो । उक्त योजनाको इकाई खरिद/पुर्नरखरिद तथा SIP मा सहभागि हुनको लागि हाल एन आई सी एशिया क्यापिटलको रजिष्टार्ड कार्यालय रहेको स्थान टेड्र टावर नेपाल, थापाथली, काठमाण्डौबाट गर्न मिल्ने व्यवस्था मिलाइएको र निकट भविष्यमा उक्त योजनाको इकाई खरिद तथा SIP मा सहभागि हुनको लागि क्यापिटलको Online सेवा, Digital Wallet, NIC ASIA MoBank लगायत अन्य प्रविधिको प्रयोग गरी उक्त योजनाको इकाई खरिद गर्न मिल्ने व्यवस्था मिलाईने छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर