नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?
प्रकाशित:
३० असार २०८१
नेपाल बैंक लिमिटेडले साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ३.२० प्रतिशतदेखि अधिकतम ५.२० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।
त्यसै गरी बैंकले मुद्दति निक्षेपमा ५.२५ देखि ७.२५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ । बैंकको आधार दर ७.८८ प्रतिशत रहेको छ ।
बैंकले प्रकाशन गरेको नयाँ ब्याजदरः
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares