लगानीको सुनौलो अवसर ! सोमबारदेखि एनआइसी एसिया क्यापिटलको म्युचुअल फन्ड निश्कासन हुँदै
काठमाडौं । एनआइसी एसिया क्यापिटलले म्युचुअल फन्ड निश्कासन गर्ने भएको छ । क्यापिटलले मंसिर ४ गतेदेखि अर्थात सोमबारदेखि म्युचुअल फन्ड योजना निश्कासन गर्ने भएको हो ।
क्यापिटलले ‘एनआइसी एसिया ग्रोथ फन्ड २’ को कुल १० करोड इकाई निश्कासन गर्न लागेको हो । जसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५% विज पुँजीवापत कोष प्रवर्द्धक एनआइसी एसिया बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो ।
लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् ।
यो बन्दमुखी योजना हो । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् । म्युचुअल फण्डमा सर्वसाधारण लगानीकर्ताले छिटोमा मंसिर ७ गतेसम्म र ढिलोमा १८ गतेसम्म आवेदन दिन सक्ने छन् ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ कम्पनीले यो योजनालाई ए माइनस रेटिङ प्रदान गरेको छ । यसले योजनाको लगानीमा कम जोखिम रहेको जनाउँछ ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares