युनाईटेड मोदीले १०० प्रतिशत हकप्रद जारी गर्ने

अर्थकागज
प्रकाशित: १३ मंसिर २०८०
Image description

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले हकप्रद जारी गर्ने भएको छ । बुधबार बसेको संचालक समितिको बैठकले युनाईटेड मोदीले चुक्ता पुँजीको १ : १ को अनुपात अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने भएको हो ।

नयाँ जलविद्युत अयोजनामा लगानी गर्न कम्पनीले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । उक्त अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव नियमनकारी निकायबाट स्वीकृती प्राप्त भए पश्चात कम्पनीको आगामी साधारण सभामा पेश गर्ने निर्णय बैठकले गरेको छ ।

कम्पनील निर्माणधिन ५० मेगावाट क्षमताको युनाईटेड मेवा हाइड्रोपावर लिमिटेडमा ६७ करोड ५० लाख रुपैयाँ लगानी गरिसकेको छ । निर्माणधिन युनाईटेड मेवा हाइड्रोपावर आयोजना अबको १८ महिनामा निर्माण सम्पन्न गरी उत्पादन भएको विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोड्ने उदेश्यको साथ काम तिव्र गतिमा भैरहेको छ । 

var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

सम्बन्धित खबर