नेप्से १२.३६ अंकले घट्यो, ३ अर्ब ८९ करोडको कारोबार
प्रकाशित:
०६ जेठ २०८३
काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज विहिबार नेप्से १२.३६ अंकले घटेर २७४२.११ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४८ कम्पनिका ८९ लाख ५५ हजार ५४५ कित्ता शेयर ३ अर्ब ८९ करोड ८४ लाख १८ हजार ३५८ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी प्रभु बैंक डिभेन्चरको शेयर ६.६२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी अपर लोहोरे खोला हाइड्रोको शेयर १४.९५ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको १७ करोड ७२ लाख बराबर कारोबार भएको छ भने रिढी पावरको १५ करोड कारोबार भएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares