लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा भोलि धितोपत्र बोर्ड घेराउ !

अर्थकागज
प्रकाशित: ३० साउन २०८०
Image description

काठमाडौं । लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा नेपाल धितोपत्र बोर्ड (सेबोन) घेराउ गरिने भएको छ । बिहीबार अर्थात भोलि देखि सेबोन घेराउ कार्यक्रम गरिने लगानीकर्ता कोइरालाले सामाजिक सञ्जाल मार्फत घोषणा गरेका छन् ।

कोइराला सामाजिक सञ्जालमा यस्तो लेख्छन् :

नेपालको पूँजी बजारमा गहिरिदो संकट र सन्त्रास अन्त्य गरी आम लगानीकर्ताको हित र पूँजी बजारका लागि सरकारबाट तत्काल विशेष योजना माग गर्दै हामी निम्न कामहरु तत्काल गराउन धितोपत्र बोर्ड जादैछौः 

१. सेयर बजारमा आपुर्तिको मात्र ओईरो लागेर माग पक्ष अति कमजोर हुँदै गएकाले ५६ लाख लगानीकर्ताहरुको लगानी अति जोखिममा परेको हुँदा त्यसलाई सुधार गर्न गराउँन राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको सिमा तत्काल हटाउँन, बैंक तथा बित्तीय संस्थाहरुलाई अल्पकालीन लगानीमा लगाएको बन्देज खारेज गरी संस्थागत लगानीकर्ताहरुको हस्तक्षेप गराउन अर्थ मन्त्रालय र धितोपत्र बोर्डबाट राष्ट्र बैंकलाई लिखित आग्रह गराउन ।

२. बैंक, बीमा जस्तै सबै प्रकारका कम्पनीहरुको संस्थापक हिस्सेदारी ५१ प्रतिशत कायम गराउन ।

३. प्रति सेयर नेटवर्थ रु. ५०० भन्दा कम भएका कम्पनीको आईपीओ अंकित मूल्यमै बिक्रीमा ल्याउनुपर्ने ब्यवस्था गर्न र रु. ५०० भन्दा बढी नेटवर्थ भएका कम्पनीको हकमा बुक बिल्डिड. प्रणालीबाट तय हुने विधि र प्रकिया अनुसार मात्र प्रिमियममा आईपीओ ल्याउने ब्यवस्था गर्न । अंकित मूल्यमा आउने आईपीओमा ५० प्रतिशत आम सर्वसाधारणलाई, १० प्रतिशत विदेशमा बस्ने नेपालीलाई र ४० प्रतिशत कानूनी ब्यक्ति अर्थात कम्पनीको रुपमा दर्ता भएका लगानीकर्तालाई वितरण हुने गरी संस्थागत लगानीकर्ताको सहभागिता अनिबार्य गर्न गराउन ।

४. २०८० असोज १ गतेदेखि सर्ट सेलिड, ईन्ट्रा डे र अक्सन मार्केट संचालनमा ल्याउने गरी मिति घोषणा र विशेष समितिमार्फत त्यस्तो तयारी गर्न ।

५. २०८० असोज १ गतेदेखि ब्रोकरमार्फत मार्जिन ट्रेडिड.को अनिबार्य ब्यवस्था लागु गर्न, गराउन ।

६. २०८० असोज १ गतेदेखि गैरआवासीय नेपालीले विदेशबाटै खाता खोली तीन बर्षे लकिड. अवधिको आधारमा पूँजी बजारमा प्रत्यक्ष रुपमा लगानी गर्ने ब्यवस्था कार्यान्वयन गराउन ।

७. नेपाल स्टक एक्सचेन्जको तत्काल पुनः संरचनाको निर्णय गराउन ।

८. संकटग्रस्त बन्दै गएका सामुहिक लगानी कोषहरुको सुधार गरी बजारमा संस्थागत लगानीकर्ताको बाहुल्यता कायम गराई सर्बसाधारण लगानीकर्तालाई बजारको स्थायित्वप्ीत आश्वस्त पार्न लगाउँन ।

यति भयो भने पूँजी बजारमा अहिले देखिएको संकट समाधानमा हामी केही सफल हुनेछौं, त्यसैले एकताबद्ध प्रयास गरौं, कोही नछुटौं, भोलि विहान १० बजे धितोपत्र बोर्डको कार्यालय खुमलटार, ललितपुरमा सबैले सक्रिय सहभागिता जनाएर हाम्रो साझा अभियान सफल पारौं ।

प्रतिक्रियाहरू

Ajay Kumar chaudhary

2 years ago

Yo bisayma hami pujibazar lai bachaunu para

Bijaya Maharjan

2 years ago

Thik cha sabai magh haru .

dirgayou tamang

2 years ago

very good i love it

Pitambar

2 years ago

अब यिनका सातो जान्छ तिलक जि अगाडि बढ्नुहोस हामी साथ दिनेछौ

Shivram adhikari Adhikari shivram

2 years ago

आन्दोलन ठीक हो ढीलो भयको महसुसछ

सम्बन्धित खबर