सेबोनले दियो थप पाँच वटा कम्पनीलाई ब्रोकर लाइसेन्स !

अर्थकागज
प्रकाशित: ३१ साउन २०८०
Image description

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप नयाँ ब्रोकर लाइसेन्स दिने कामलाई जारी राखेको छ ।

बोर्डले बिहीबा थप पाँच वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको छ । बोर्डको संचालक समितिको बैठकको निर्णय अनुसार रोडसो सेक्यूरिटिज, सजिलो ब्रोकर लिमिटेड, हिमालयन सेक्यूरिटिज, बेनी सेक्यूरिटिज र सनी सेक्यूरिटिजलाई लाइसेन्स दिएको हो ।

बोर्डले सजिलो ब्रोकर, रोडसो र बेनी सेक्यूरिटिजले सिमित कार्य गर्ने र हिमालयन सेक्यूरिटिज र सनी सेक्यूरिटिजले पूर्ण कार्य गर्ने लाइसेन्स दिएको छ ।

बोर्डले ब्रोकर लाइसेन्सका लागि ४३ कम्पनीहरुलाई आशयपत्र प्रदान गरेको थियो । जसमध्ये बोर्डले ३२ वटा कम्पनीलाई लाइसेन्स प्रदान गरी सकेको छ भने अब ६ कम्पनीले लाइसेन्स पाउन बाँकी छ । बाँकी ६ कम्पनीले पनि तोकिएको मापदण्ड पुर्याएको खण्डमा छिट्टै लाइसेन्स दिने सेबोनले बताएको छ ।

बोर्डले सजिलो ब्रोकर लिमिटेड, रोडसो सेक्यूरिटिज, बेनी सेक्यूरिटिज, हिमालयन र सनी सेक्यूरिटिजलाई लाइसेन्स दिएको हो । यो सँगै लाइसेन्स पाउने नयाँ ब्रोकरको संख्या ३७ पुगेको छ ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को व्यवस्था बमोजिम पूर्वाधार तयार गरी बोर्डमा जानकारी गराएका कम्पनीलाई बोर्डले लाइसेन्स दिदै आएको छ ।


प्रतिक्रियाहरू

samar

2 years ago

kun broker le commodity stat garna laision pako hjr jankari pau n

सम्बन्धित खबर