हिमालयन बैंकको व्यवसायमा चमक : नाफा १०४१.१६ प्रतिशतको उछाल,ईपीएसमा सुधार

अर्थकागज
प्रकाशित: २८ साउन २०८३
Image description

काठमाडौं। हिमालयन बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा चौथो अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा १०४१.१६ प्रतिशतले बढेको हो।

गत असार मसान्तसम्म बैंकले १ अर्ब ४८ करोड ३ लाख खुद नाफा आर्जन गरेको हो। यस्तो नाफा अघिल्लो वर्ष १२ करोड ९७ लाख रुपैयाँ मात्र थियो।

नाफामा उल्लेख्य सुधार देखिए पनि समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने १५.७४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष १० अर्ब ४५ करोड ५६ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी घटेर ८ अर्ब ८१ करोड १ लाख रुपैयाँमा सीमित भएको छ।

यस्तै, बैंकको कुल सञ्चालन आम्दानी पनि ११.०३ प्रतिशतले घटेर ११ अर्ब १४ करोड १ लाख रुपैयाँ कायम भएको छ, जुन अघिल्लो वर्ष १२ अर्ब ५२ करोड १५ लाख रुपैयाँ रहेको थियो। 

बैंकको सञ्चालन मुनाफा पनि २३.६० प्रतिशतले घटेर २ अर्ब ६२ करोड ६० लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ३ अर्ब ४३ करोड ७४ लाख रुपैयाँ रहेको थियो।

बैंकको वितरणयोग्य मुनाफा ९ अर्ब ८४ करोड १ लाख रुपैयाँ ऋणात्मक (घाटामा) रहेको छ। अघिल्लो वर्ष पनि बैंकको वितरणयोग्य मुनाफा ८ अर्ब ८५ करोड ४२ लाख रुपैयाँ ऋणात्मक थियो। नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) मा सुधार आएको छ।

अघिल्लो वर्ष जम्मा ०.६० रुपैयाँ रहेको ईपीएस समीक्षा अवधिमा बढेर ६.५६ रुपैयाँ पुगेको छ। यद्यपि, समीक्षा अवधिमा बैंकको खराब कर्जा (एनपीएल) अनुपात भने उच्च दरले बढेको छ। अघिल्लो वर्ष ७.९७ प्रतिशत रहेको खराब कर्जा बढेर ११.५९ प्रतिशत पुगेको छ।

हाल चुक्ता पुँजी २२ अर्ब ५८ करोड १६ लाख रुपैयाँ बैंकको निक्षेप संकलन १३.७२ प्रतिशतले बढेर ३ खर्ब ५१ अर्ब ५७ करोड, कर्जा प्रवाह १.२४ प्रतिशतले घटेर २ खर्ब २७ अर्ब ७७ करोड रुपैयाँमा सीमित भएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर