भारतसहित ६ देशका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय
प्रकाशित:
२३ चैत २०८२
काठमाडौँ । सरकारले राजनीतिक नियुक्त लिएका भारतसहित ६ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
गत आइतबारको मन्त्रिपरिषद् बैठकले भारतसहित ६ देशका राजदुतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
फिर्ता बोलाइएका राजदूतहरूमा डा. शंकर शर्मा (भारत), चित्रलेखा यादव (अस्ट्रेलिया), सुम्निमा तुलाधर (डेनमार्क), शिवमाया तुम्बाहाङ्फे (दक्षिण कोरिया), कपिलमान श्रेष्ठ (दक्षिण अफ्रिका) र पूर्णबहादुर नेपाली (श्रीलंका) रहेका छन् । उनीहरुलाई फिर्ता हुन एक महिनाको समय दिइएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares