मञ्जुश्री फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
प्रकाशित:
२० असोज २०८२
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको १५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि भोलि अर्थात असोज २२ गते एक दिन बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार गरेकाहरुले मात्रै लाभांश पाउने भएका हुन् ।
कम्पनीको १८ औँ वार्षिक साधारणसभा असोज ३१ गते ११ बजेदेखि सुरु हुने छ । उक्त सभाले कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्ति तथा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि आवश्यक कार्य गर्न, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न र रजिष्टर्ड कार्यालय स्थान संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares