‘एन आई ३१’ का ईकाइहरुको कारोबार खुल्ला

अर्थकागज
प्रकाशित: १७ मंसिर २०८२
Image description

काठमाडौं । नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक रही नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापनमा संचालित नबिल म्युचुअल फन्ड अन्तर्गतको दोस्रो खुलामुखी योजना एन आई ३१ (NI 31)  नामक योजनाका ईकाइहरुको खरिद/बिक्री कार्य यहि मंसिर १५ गते सोमबारबाट सुरु गरिएको व्यहोरा कम्पनीले जनाएको छ । यस योजना अन्तर्गतको व्यवस्थित लगानी योजना Systematic Investment Plan (SIP)  मा दर्ता हुन चाहने लगानीकर्ताहरुले सोही दिन देखि लागु हुने गरी दर्ता गर्न सकिने कम्पनीले जनाएको छ ।
साथै एन आई ३१ का ईकाइहरु काठमाडौंको नक्साल, नारायणचौर स्थित सेन्ट्रल प्लाजामा रहेको नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय तथा कम्पनीको आधिकारिक वेबसाईट https://mutualfund.nabilinvest.com.np/  मार्फत खरिद/बिक्री गर्न सकिने जनाएको छ ।
इच्छुक लगानीकर्ताहरुले SIP मार्फत पनि एन आई ३१ मा लगानी गर्न सक्नेछन् । त्यस्ता व्यक्तिले आफ्नो इच्छाअनुसार मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक अवधिको न्यूनतम रू. १,००० मा SIP मार्फत  एन आई ३१ मा लगानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर