सञ्चय कोषले सार्वजनिक गर्यो ऋण नतिर्ने १०२ जनाको नामावली, को-को छन् ?
प्रकाशित:
२२ माघ २०८१
काठमाडौं । कर्मचारी सञ्चय कोषले समयमै ऋण चुक्ता नगर्ने १ सय २ ऋणीको नामावली सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक सूचना अनुसार उनीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ताका लागि समय दिइएको छ । ऋणीहरूले घर सापटी कर्जा लिएको र समयमै नतिरेको भन्दै कोषले सूचना जारी गरेको हो । ३५ दिनभित्र कर्जाको सावाँ,ब्याज तथा जरिवाना समेत भुक्तान नगरेमा धितो लिलामीको प्रक्रिया अगाडि बढाइने कोषले जनाएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares