सेयरधनीलाई लगानीको अवसर, असार २५ गतेदेखि एशियन लाइफको हकप्रद बिक्री खुला

अर्थकागज
प्रकाशित: ०७ असार २०८२
Image description

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले यही असार २५ गतेदेखि ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हाल कायम चुक्तापुँजीको १ः०।४२ अनुपात अर्थात् ४२ प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पाइसकेको छ । जसअनुसार कम्पनीले कम्पनीले प्रतिकित्ता १०० रुपियाँ अंकित दरका कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले जेठ १६ गते बुक क्लोज गरिसकेकाले जेठ १४ गतेसम्म कायम शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।आवेदन साउन १३ गते बैंकिङ समयसम्म मात्रै दिन पाइनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर