युनाइटेड इदी मर्दी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थकागज
प्रकाशित: ०२ फागुन २०८०
Image description

युनाइटेड इदी मर्दी एन्ड आर।बि हाइड्रोपावर कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट वितरणको घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट नाफाबाट ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२८९ नगद लाभांश गरी कुल ५.७८९ प्रतिशत लाभांश वितरणको घोषणा गरेको थियो ।

कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि भोलि फागुन ४ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो त्यसैले आज फागुन ३ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले लाभांश पारित सहितका ऐजेन्डाहरु पारित गर्न फागुन १७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आभ्या क्लब, घारीपाटन १७ पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर