आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफामा १५६ प्रतिशतको उछाल
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड चालु आर्थिक वर्षको चौथो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको नाफामा उल्लेख्य बृद्धि देखिएको छ ।
यस अवधिमा कम्पनीले ६१ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५६.६७ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २३ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीले १ अर्ब ४१ करोड ७२ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ९०.५६ प्रतिशतले बढि हो । त्यस्तै कुल आम्दानी समीक्षा अवधिमा ८९.६३ प्रतिशतले बढेको छ भने कुल खर्च ६४.४३ प्रतिशतले बढेको छ। त्यस्तै कुल दाबी भुक्तानी ६४.१२ प्रतिशत बढेको छ।
३ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडा १ अर्ब ७२ करोड रुपैयाँ रहेको छ भने महाविपत्ती कोषमा ८ करोड १२ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३४ करोड ६२ लाख रुपैयाँ र अन्य इक्विटीमा ५० करोड ३३ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी बढेर २० रुपैयाँ २१ पैसा पुगेको छ। असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात २७।६१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ७० पैसा रहेको छ।
Shares