इमर्जिङ्ग भेन्चरको लाभांश घोषणा

अर्थकागज
प्रकाशित: १३ मंसिर २०८१
Image description

काठमाडौं । इमर्जिङ्ग भेन्चर लिमिटेडले गत आर्थिक वर्षको सञ्चित नाफाबाट लाभांश घोषणा गरेको छ । कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट करसहित १० प्रतिशतका दरले ९ करोड ४ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

्लाभांश पारित गर्न कम्पनीले मंसिर २१ गते बिहान साढे १०ः३० बजे कृष्ण टावर नयाँ बानेश्वर, काठमाडौंमा दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असारसम्मको वासलात, हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरण र आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर