ग्लोबल आईएमई बैंक : लङटर्म लगानीका लागि गोल्डेन कम्पनी

अर्थकागज
प्रकाशित: १७ असोज २०८०
Image description

4ग्लोबल आईएमई बैंक नेपालका टप वाणिज्य बैंकमध्येको एक हो । दोश्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पनि बैंकको स्थान राम्रो छ । आज हामी यहाँ बैंकको आधारभूत पक्षहरुलाई गहिराईसम्म केलाउने प्रयास गर्नेछौँ । सुरु गरौँ बैंकको परिचयबाट ।

बैंकको परिचय

‘सबैका लागि बैंक’ बन्ने लक्ष्यका साथ ग्लोबल आइएमई बैंक लिमिटेडको स्थापना वि.सं. २०६३ सालमा भएको थियो । ग्लोबल आइएमई बैंक उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको लगानी रहेका दुई वित्तीय संस्था ग्लोबल बैंक र आइएमई फाइनान्स गाभिएर बनेको बैंक हो । हाल ग्लोबल आइएमई बैंक लिमिटेड नेपालकै ठूूलो वाणिज्य बैंकको रुपमा चिनिन्छ । वि.सं. २०७९ पुसमा बैंक अफ काठमाण्डू (बीओके) मर्ज भएपछि ग्लोबल आइएमई बैंक नेपालकै ठूलो वाणिज्य बैंक बनेको हो । हाल ३५१ अर्ब रुपैयाँ बराबरको वासलात रहेको यस बैंकले समग्र नेपाली अर्थतन्त्रमा लाभ पुग्ने आर्थिक, सामाजिक तथा व्यावसायिक क्षेत्रहरुमा आफ्नो लगानी विस्तार गरेको छ । बैंकले ४६ लाख भन्दा बढी ग्राहकको विश्वास जितेको छ ।


बैंकको व्यवस्थापकिय पक्ष

कुनै पनि कम्पनी कस्तो हो, कस्तो छ र कस्तो थियो भन्ने कुराको गहिराई बुझ्न उक्त कम्पनीको व्यवस्थापकिय पक्ष केलाउनु जरुरी हुन्छ । व्यवस्थापकिय पक्ष अर्थात् कम्पनीको व्यवस्थापन । कम्पनीको हरेक राम्रा तथा नराम्रा अवस्थाहरूमा व्यवस्थापकिय पक्षको ठूलो भुमिका हुने गर्दछ ।

ग्लोबल आइएमई बैंकको व्यवस्थापनको कुरा गर्नुपर्दा बैंकको अध्यक्षमा चन्द्र प्रसाद ढकाल रहेका छन् । नेपालमा उद्यमशीलता र जिम्मेवार व्यवसायको कुरा गर्नुुपर्दा चन्द्र प्रसाद ढकाल एक प्रतिष्ठित नाम हो। देशको विभिन्न क्षेत्रमा र आर्थिक विकासमा अनुकरणीय योगदान पुर्‍याएको भन्दै ढकाललाई नेपाल सरकार र विभिन्न निकायबाट धेरै प्रतिष्ठित पुरस्कारबाट सम्मानित गरिएको छ । चन्द्र ढकालका कम्पनी भनेपछि सेयर बजारका लगानीकर्ताले पनि धेरै रुचाएका पाइन्छ ।

यता बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य रहेका छन् । बज्राचार्यसँग बैंकिङ्ग क्षेत्रमा चार दशकभन्दा बढी काम गरेको अनुभव छ ।

उनले एमबीए डिग्री लिएका छन् र योग्य चार्टर्ड एकाउन्टेन्ट पनि हुन्। बज्राचार्यले नेपाल राष्ट्र बैंकबाट आफ्नो करियर सुरु गरेका थिए । विभिन्न हैसियतमा २० वर्ष सेवा गरिसकेपछि उनले नेपाल राष्ट्र जागिर छोडे र १९९२ मा आफ्नै लेखा फर्म स्थापना गरेका थिए। आफ्नो पेशागत जीवनकालमा बज्राचार्यले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको अध्यक्ष र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थानको अध्यक्षको रूपमा काम गरिसकेका छन्। उनले नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको सदस्यमा (दुई पटक) समेत काम गरिसकेका छन् । ग्लोबल आइएमई बैंकमा पुनः आवद्ध हुनुअघि उनले सनराइज बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेडमा समेत प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेका थिए।

बैंकको वित्तीय अवस्था नियालौँ

बैंकको वित्तीय अवस्थाको बारेमा कुरा गर्नुपर्दा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्म बैंकले ७ अर्ब २५ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ। यो नाफा रकम अघिल्लो वर्षको तुलनामा ४६ दशमलव २६ प्रतिशतले धेरै हो । समिक्षा अवधिसम्म बैंकले खुद ब्याज आम्दानी पनि बढाएर १७ अर्ब ११ करोड रुपैयाँ पुुर्याएको छ । चौथो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा ४४ दशमलव २६ प्रतिशतले बढेर १० अर्ब ३६ करोड रुपैयाँ रहेकोे छ । ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २२ अर्ब ९१ करोड १६ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रति सेयर आम्दानी (ईपीएस) २० रुपैयाँ ७७ पैसा रहेको छ । बैंकको प्रति सेयर नेटवर्थ १६४ रुपैयाँ ५ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) भने बढेर ३.०८ प्रतिशत पुगेको छ । चौथो त्रैमाससम्म बैंकको इम्पेयरमेन्ट चार्ज बढेर २ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ८.९६ गुणा रहेको छ ।

सेयर बजारमा ग्लोबल आइएमई बैंक

सेयर बजारमा ग्लोबल आइएमई बैंकको स्थानको चर्चा गर्नुपर्दा नेपाल स्टक एक्सचेञ्जमा बैंकको ३५ करोड ७७ लाख १० हजार ५ सय ९७ कित्ता सेयर सूचिकृत छ । हिजो असोज १७ गते, बुधबारको कारोबार अनुसार नेप्सेमा यस बैंकको सेयरमूल्य २ सय ७ रूपैयाँ रहेको छ । बैंकको सेयर एक वर्षयता अधिकतम २ सय ५१ रूपैयाँ ४० पैसा र न्युनतम एक सय ७६ रूपैयाँमा कारोबार भएको छ ।

बैंकको पछिल्लो १८० दिनको औषत मूल्य एक सय ९९ रूपैयाँ ८९ पैसा रहेको छ । यस्तै, बैंकको पछिल्लो १२० दिनको औषत मूल्य एक सय ९५ रूपैयाँ ५६ पैसा रहेको छ । बैंकको औषत मूल्यलाई आधार मानेर हेर्दा कम्पनीको सेयरमूल्य हाल थोरै बढेको छ ।



लाभांश वितरणमा अब्बल ग्लोबल आइएमई

ग्लोबल आइएमई बैंक लाभांशमा अब्बल देखिन्छ । बैंकले हरेक वर्ष आफ्ना लगानीकर्ताहरुलाई औषतमा राम्रो लाभांश वितरण गर्दै आएको छ । त्यसैले पनि बैंकलाई लगानीकर्ताहरुले रुचाउने गरेका छन् ।

बैंकको विगत ११ वर्षको लाभांश इतिहास नियाल्दा बैंकले सबैभन्दा धेरै आर्थिक वर्ष २०७५/७६ मा २५.५ प्रतिशत लाभांश (१२.७५ प्रतिशत बाेनस र १२.७५ प्रतिशत नगद) वितरण गरेकाे थियाे भने सबैभन्दा थाेरै आर्थिक वर्ष २०६८/६९ मा १३ प्रतिशत लाभांश (३ प्रतिशत बाेनस र १० प्रतिशत नगद) वितरण गरेकाे थियाे ।

ग्लोबल आईएमई बैंक लिमिटेडको ११ वर्षको लाभांश इतिहास हेर्नुस् :

१. आर्थिक वर्ष २०६८/६९ :

आर्थिक वर्ष २०६८/६९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३ प्रतिशत बाेनस र १० प्रतिशत नगद गरि कूल १३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०६९/७० :

आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई १५ बाेनस सेयर वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।

३. आर्थिक वर्ष २०७०/७१ :

आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २१ प्रतिशत बाेनस र ४ प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७१/७२ :

आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २३ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।

५. आर्थिक वर्ष २०७२/७३ :

 आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १६ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।

६. आर्थिक वर्ष २०७३/७४ :

आर्थिक वर्ष २०७३/७४ मा पनि बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र १० प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७४/७५ :

आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १६ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।

८. आर्थिक वर्ष २०७५/७६ :

आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १२.७५ प्रतिशत बाेनस र १२.७५ प्रतिशत नगद गरि कूल २५.५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

९. आर्थिक वर्ष २०७६/७७ :

आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १४ प्रतिशत बाेनस र २ प्रतिशत नगद गरि कूल १६ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

१०. आर्थिक वर्ष २०७७/७८ :

आर्थिक वर्ष २०७७/७८ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ३.५ प्रतिशत नगद गरि कूल १३.५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

११. आर्थिक वर्ष २०७८/७९ :

आर्थिक वर्ष २०७८/७९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३ प्रतिशत बाेनस र १०.६ प्रतिशत नगद गरि कूल १३.६ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।


समग्रमा : ग्लोबल आईएमई बैंकमा लगानी कति सुरक्षित ?

समग्रमा ग्लोबल आईएमई बैंकलाई हेर्दा ग्लोबल आईएमई बैंक लगानीकर्ताहरुको रोजाईमा पर्ने गरेको बैंक हो । टप वाणिज्य बैंकमा पर्ने बैंकको व्यवस्थापन र वित्तीय पक्ष पनि एकदमै राम्रो छ ।

हाल बैंकको मूल्य आम्दानी अनुपात (पीई रेसियो) १०.२१ गुणा रहेको छ । सामान्यतय १५ भन्दा कम पीई भएका कम्पनीहरू लगानीका लागि सुरक्षित मानिन्छ । पीई रेसियोको आधारमा हेर्दा पनि ग्लोबल आईएमई बैंकको लगानी सुरक्षित देखिन्छ ।

पीई रेसियो मात्रै नभएर हामीले लगानी गर्दा एउटा पक्षको आधारमा मात्र गर्नु हुँदैन । लगानी गर्दा कम्पनीका विभिन्न पक्षहरूलाई राम्ररी केलाएर मात्र लगानी गर्नुपर्दछ । ग्लोबल आईएमई बैंकको विभिन्न पक्ष केलाउँदा कम्पनीमा गरिने लगानी दीर्घकालिन रूपमा सुरक्षित देखिन्छ । बैंकको सेयरमूल्य पनि अहिले निकै सस्तो छ । लङ टर्मका लागि लगानी गर्न यो बैंक उत्कृष्ट देखिन्छ ।

यद्यपी हामीले कम्पनीको समग्र अवस्था हेरेर विश्लेषण गर्ने हो यो कम्पनीको सेयरमा लगानी गर्ने वा नगर्ने भन्ने विषयमा नितान्त रुपमा लगानीकर्ताहरुको स्वविवेकमा निर्भर रहन्छ ।


प्रतिक्रियाहरू

Yagya prasad bhusal

2 years ago

Good

सम्बन्धित खबर