मितेरी डेभलपमेन्ट बैंकको नाफासँगै ईपीएस बढ्यो, कस्तो छ अन्य सूचक ?

अर्थकागज
प्रकाशित: ०३ वैशाख २०८२
Image description

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३५.४१ प्रतिशतले वृद्धि भएको छ। बैंकले गत आवको तेस्रो त्रैमाससम्म ६ करोड ८२ लाख रूपैयाँ खुद नाफा कमाएकोमा चालू आवमा बढेर ९ करोड २४ लाख रूपैयाँ पुगेको छ।

चालू आवमा बैंकको खराब कर्जा घटेको र सञ्चालन नाफा बढेकोले खुद नाफामा टेवा पुगेको हो। गत आवमा बैंकको खराब कर्जा २.६३ प्रतिशत रहेकोमा चालू आवमा घटेर ०.७८ प्रतिशतमा झरेको छ। यता बैंकको सञ्चालन नाफा गत आवमा ९ करोड ७५ लाख रूपैयाँ रहेकोमा चालू आवमा बढेर १३ करोड रूपैयाँ नाघेको छ। चालू आवमा बैंकको खुद ब्याज आम्दानी भने ३१ प्रतिशतले घटेर १३ करोड २६ लाख रूपैयाँमा झरे तापनि कुल सञ्चालन आम्दानी ७ प्रतिशतले वृद्धि भएर २२ करोड ४४ लाख रुपैयाँ पुगेको छ। बैंकको चुक्ता पूँजी १ अर्ब २१ करोड रूपैयाँभन्दा बढी रहेको छ भने रिटेन्ड अर्निङमा १० करोड ८३ लाख रूपैयाँ र रिजर्भमा ३५ करोड ४२ लाख रूपैयाँ र वितरणयोग्य नाफा १० करोड ८३ लाख रूपैयाा रहेको छ। बैंकको नाफा बढेसँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ। गत आवमा बैंकको प्रतिशेयर आम्दानी ८ रूपैयाँ ७९ पैसा रहेकोमा चालू आवमा बढेर १० रूपैयाँ १३ पैसा पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १३८ रूपैयाँ रहेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर