हिमालयन रि इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश र ८० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव पारित
प्रकाशित:
१९ फागुन २०८०
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा सम्पन्न भएको छ।
सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशतका दर नगद लाभांश वितरण गर्ने, बोनस सेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरेको छ।
भामा गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वित्तीय विवरणहरु पारित तथा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पारित भएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares