दुई बर्षदेखि रोकिरहेको बीमा नियामावली स्वीकृत
काठमाडौं । सरकारले दुई बर्षदेखि रोकिरहेको बीमा नियामावली २०८१ स्वीकृत गरेको छ । बीमा नियामावली दुई बर्षदेखि अलपत्र पर्दा बीमा प्राधिकरणको कैयौं काम कारवाहीमा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा असर परिरहेको थियो । २६ महिना लामो समय पश्चात् स्वीकृत भएपश्चात बीमा प्राधिकरणमा अल्झिएका कामहरुले पूर्णता पाउनेछन । माघ २८ गते बसेको मन्त्रीपरिषद्को बैठकले बीमा नियमावली, २०८१ स्वीकृत गरेको हो । बीमा प्राधिकरणले १० महिनामा मस्यौदा गरेर पठाएको बीमा नियमावलीको मस्यौदालाई अर्थ मन्त्रालयले अन्तिम रुप दिई स्वीकृति दिन अलमल गर्दै ऐन आएको २६ महिनापछि नियमावलीलाई सरकारले स्वीकृत गरेको छ । नियमावली नबन्दा नयाँ ऐनमा भएका व्यवस्थाहरुको कार्यान्वयन, बीमाको विस्तार तथा प्राधिकरणको काम नै प्रभावित भएको गुनासोहरु प्राधिकरणका विभाग प्रमुखहरुको रहको थियो ।बीमा ऐन संघीय संसदको दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट प्रमणीकरण भएपछि २३ असोज २०७९ देखि कार्यान्वयमा आएको थियो । ऐन कार्यान्वयनमा आएको ९ महिनापछि मात्रै बीमा प्राधिकरणले नियमावलीको मस्यौदा तयार बनाएर मन्त्रिपरिषद्को स्वीकृतिका लागि पठाउन भन्दै २८ असार २०८० मा अर्थ मन्त्रालयमा पठाएको थियो । उक्त नियामावलीलाई आज स्वीकृती प्रदान गरेको हो ।
दुई बर्षदेखि रोकिरहेको बीमा नियामावली स्वीकृत
Shares