सार्वजनिक भयो आईफोन-१६ सिरिज, मूल्य कति ?

अर्थकागज
प्रकाशित: २४ भदौ २०८१
Image description

अमेरिकी प्रविधि कम्पनी एप्पलले नयाँ आईफोन सिरिज सार्वजनिक गरेको छ ।

सोमबार अमेरिकाको क्यालिफोर्नियास्थित मुख्यालयमा आयोजित एप्पल इभेन्टमा कम्पनीले आईफोन नयाँ सिरिज अन्तर्गत आईफोन १६, आईफोन १६ प्लस, आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स गरी चार वटा मोडेल सार्वजनिक गरेको हो । कम्पनीले आईफोन १६ र १६ प्लसको क्यामेरा डिजाइनमा सबैभन्दा ठूलो परिवर्तन र प्रो मोडेल पूर्ण रूपमा नयाँ डिजाइनमा ल्याइएको कम्पनीले जनाएको छ । आईफोन १६ मा ६.१ इन्च र आईफोन १६ प्लसमा ६.३ इन्च डिस्प्ले छ । त्यसैगरी प्रो मोडेल अन्तर्गत आईफोन १६ प्रो मा ६.३ इन्च र आईफोन १६ प्रो म्याक्समा ६.९ इन्च डिस्प्ले छ ।

कम्पनीले सार्वजनिक गरेका आईफोनका सिरिजहरुमा अहिलेसम्मकै ठूलो ब्याट्री र पावर म्जानेजमेन्टको सुविधा भएको दाबी गरेको छ । तर ब्याट्रीको क्षमताबारे कम्पनीले केहि बताएको छैन ।

यी मोडेलमा एप्पल इन्टेलिजेन्सका सबैभन्दा स्तरीय फिचरहरू प्रयोग गर्न सकिनेछ । एप्पल इन्टेलिजेन्सद्वारा सञ्चालित आईफोन १६ सिरिजलाई सिरीलाई जुनसुकै विवरण खोज्न अनुरोध गर्न सकिनेछ । त्यसबाहेक भनेकै भरमा मोवाइलले नोट एपमा भनेको कुरा टाइप गरिदिनेछ ।

यसमा भएको एआईले नै फोटोलाई आवश्यकता अनुसार इडिट पनि गर्दछ । बेसिक मोडलमा ए १८ प्रो बायोनिक चिपसेट र प्रो मोडेलमा ए १८ प्रो बायोनिक चिप समावेश गरिएको छ । यो चिपसेट यो ए १८ भन्दा शक्तिशाली भएको कम्पनीले बताएको छ । ए १७ प्रोको तुलनामा यो २० प्रतिशत शक्तिशाली भएको दाबी गरिएको छ । त्यस्तै ए १७ प्रोभन्दा यो चिपसेट दुई गुणा तिब्र क्षमताको छ ।

फोटोग्राफीका लागि आईफोन १६ र आईफओन १६ प्लसमा ४८ मेगापिक्सेल मुख्य क्यामेरा छ । यसले ४८ मेगापिक्सेलसम्मको फोटो खिच्न सक्छ । यी बेसिक मोडेलमा भएको क्यामेरा आईफोन १४ भन्दा चार गुणा स्तरीय भएको कम्पनीको दाबी छ ।

भिडियोमा अडिओ क्वालिटी पनि धेरै राम्रो र त्यसमा भएको मेसिन लर्निङले अनावश्यक साउन्ड तत्कालै हटाइदिने बताइएको छ । आईफोन १६ प्रो र १६ प्रो म्याक्समा ४८ मेगापिक्सेल फ्युजन क्यामेरा छ । आईफोन १६ को मूल्य ७९९ डलर* (करिब १ लाख ७ हजार रुपैयाँ) र आईफोन १६ प्लसको शुरुवाती मूल्य ८९९ डलर (१ लाख २० हजार रुपैयाँ) पर्ने छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कूकले विश्व बजारमै व्यवसाय वृद्धिमा आईफोनका सिरिजले ठूलो भुमिका खेल्ने बताएका छन् ।उता आईफओन १६ प्रोको मूल्य ९९९ डलर (करिब १ लाख ३३ हजार रुपैयाँ) र आईफोन १६ प्रो म्याक्सको मूल्य १ हजार १९९ डलर (करिब १ लाख ६० हजार रुपैयाँ) पर्न आउने देखिन्छ । एजेन्सीहरुको सहयोगमा

प्रतिक्रियाहरू

Lokendra

1 year ago

Good product i need one pice pls

सम्बन्धित खबर